अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जिल्ला अधिवेशनले पार्टी पङ्क्तिलाई उत्साहित बनायो: विष्णु पौडेल

जिल्ला अधिवेशनले पार्टी पङ्क्तिलाई उत्साहित बनायो: विष्णु पौडेल


बुटवल-नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जिल्ला अधिवेशनले पार्टी पङ्क्तिलाई उत्साहित बनाएको बताउनु भएको छ।

शुक्रबार एमाले रुपन्देहीको अधिवेशनबाट निर्वाचित कमिटीको पदभार कार्यक्रममा बोल्दै उहाँले अधिवेशनले पार्टीको जीवनमा नयाँ जोस सञ्चार गरेकाले एकताबद्ध र सशक्त पार्टी निर्माण भएको बताउनु भयो।

उपाध्यक्ष पौडेलले एकआपसमा दोषारोपण गरेर नभई हरेकले गुणलाई आत्मसात् गरेर पार्टी कमिटीलाई चलायमान बनाउनुपर्ने बताउनु भयो। उहाँले विकास र राजनीतिलाई जोडेर अगाडि बढाउनुपर्ने बताउनु भयो।

कार्यक्रममा नवनिर्वाचित एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरे, निवर्तमान अध्यक्ष तेजेन्द्र केसी, सचिव चित्रबहादुर कार्कीलगायतले पार्टीको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाउनु भयो।