अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टीका जनसंगठनलाई वडा तहसम्म पुर्‍याउनुपर्छ: रचना खड्का

पार्टीका जनसंगठनलाई वडा तहसम्म पुर्‍याउनुपर्छ: रचना खड्का


काठमाडौं-नेकपा एमाले केन्द्रीय सदस्य एवं जनसंगठन संयन्त्र वाग्मती प्रदेश प्रमुख रचना खड्काले पार्टीका नेताहरूले पार्टीको काममा अतिथि ठान्ने प्रवृत्ति त्याग्नु पर्ने बताउनुभएको छ। 

नेकपा एमाले वाग्मती प्रदेश कमिटीले आइतबार च्यासलमा आयोजना गरेको विभागीय पदाधिकारी र सदस्यको शपथग्रहण तथा जनसंगठनका पदाधिकारी सहितको शपथग्रहण कार्यक्रममा बोल्दै खड्काले अधिवेशन र सम्मेलनको बेला मात्र सक्रिय भएर पार्टी र जनसंगठन नचल्ने बताउनुभयो। पार्टी र जनसंगठनलाई राम्रोसँग सञ्चालन गर्ने योजना बनाएर पार्टी अघि बढ्नु पर्नेमा खड्काले जोड दिनुभयो।

पार्टी कामको ठूलो क्षेत्र महिलाको क्षेत्र भएको उहाँले बताउनुभयो। महिलालाई पार्टी काममा जोड्न सकिएन भने पार्टीले चुनाव नजित्ने उहाँले प्रष्ट पार्नुभयो। पार्टीका संगठित सदस्य मध्ये महिलाको सङ्ख्या २७ प्रतिशत मात्र रहेको उहाँले बताउनुभयो। आउने पार्टीका महाधिवेशनसम्म कम्तीमा ३३ प्रतिशत महिला पार्टी सदस्य बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो। 

पार्टीका जनसंगठनलाई वडा तहसम्म र महिला, युवा र किसानका संगठनलाई टोल तहसम्म लैजानु पर्ने खड्काले बताउनुभयो। यो काममा जनसङ्गठनहरू जुट्नु पर्ने उहाँको धारणा छ।