अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टीमा पाएको जिम्मेवारी अर्थ राख्नेगरी पूरा गर्नुपर्छ: भानुभक्त ढकाल

पार्टीमा पाएको जिम्मेवारी अर्थ राख्नेगरी पूरा गर्नुपर्छ: भानुभक्त ढकाल


काठमाडाैं-नेकपा एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले पार्टीमा पाएको जिम्मेवारी अर्थ राख्ने गरी पुरा गर्नुपर्ने बताउनुभएको छ।

नेकपा एमाले वाग्मती प्रदेश कमिटीले आइतबार च्यासलमा आयोजना गरेको विभागीय पदाधिकारी र सदस्यको शपथग्रहण तथा जनसंगठनका पदाधिकारी सहितको शपथग्रहण कार्यक्रममा बोल्दै ढकालले जिम्मेवारीबाट अलग भएपछि पदको महत्त्व बुझ्ने स्थिति आउनु नहुने बताउनुभयो। ‘जिम्मेवारीमा रहँदै जिम्मेवारी पूरा गर्नुपर्छ, जिम्मेवारीबाट अल्गिएपछि म गर्थेँ भनेर पनि पाइँदैन’, उहाँले भन्नुभयो। 

नेता ढकालले देश र सन्ततिलाई हेरेर काम गर्नुपर्ने बताउनुभयो। पार्टीका नेताहरूले आज गरेको कामको प्रभाव भोलिका सन्ततिलाई पर्ने कुरा बिर्सन नहुनेमा ढकालले जोड दिनुभयो। 

पार्टी काममा के योगदान रह्यो भन्ने अर्थमा पार्टीका नेता कार्यकर्ताको कामलाई हेर्नुपर्नेमा उहाँले जोड दिनुभयो । पार्टीमा राय बढाएर र कुरा काटेर पार्टी काम नहुने उहाँले प्रष्ट पार्नुभयो।