अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजश्व तिर्न प्रविधीको प्रयोग गरौं : सुनिता बराल

राजश्व तिर्न प्रविधीको प्रयोग गरौं : सुनिता बराल



काठमाडौं- नेकपा एमालेकी साँसद सुनिता बरालले राजश्व तिर्ने प्रणाली सहज नहुँदा यसको आकार बढाउन नसकेको बताउनुभएको छ ।
आजको संसद बैठकमा बोल्दै बरालले सरकार राजश्व उठेन भनेर चिन्ता गर्ने तर राजश्व तिर्ने प्रणालीचाँही परम्परागत हुँदा व्यावशयाी निरुत्साहित भएको बताउनुभएको छ । उहाँले राजश्व तिर्न नागरिकहरु कति लामो लाइनमा बस्छन् भन्ने कुरा सरकारलाई थाहा छ कि छैन भनेर पनि सोध्नु भएको छ । बरालले संसदमा राखेको मन्तव्य यस्तो छ ः

देश विकासका लागि कर र राजश्वको महत्वपुर्ण भूमिका रहन्छ । हाम्रा सरकारहरु, अर्थमन्त्री र राजश्व प्रशासन यसकै बारेमा चिन्तित भएको देखिन्छ । तर के हाम्रो सरकारलाई थाहा छ? आज राजश्व तिर्न नागरिकहरु कति लामो लाइनमा छन् भनेर? यतातिर राजश्व नउठेको चिन्ता गर्ने अर्कोतिर राजश्व तिर्नका लागि कर तिर्नका लागि लामा लामा लाइन बस्न पर्ने, विभिन्न किसिमका सास्ती खेप्न पर्ने कुरा पटक्कै मिल्दो भएन । त्यसकारण प्रविधिको अधिकत्तम प्रयोग गरेर राजश्व करदाताहरुलाई सहज वातावरण निर्माण गर्नका लागि सरकारको ध्यानाकर्षण गराउन चाहान्छु । धन्यवाद।