अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अशोक राई नेतृत्वको जसपाको बैठक असार १२ र १३ गते काठमाडौँमा बस्ने

अशोक राई नेतृत्वको जसपाको बैठक असार १२ र १३ गते काठमाडौँमा बस्ने


काठमाडौँ-जनता समाजवादी पार्टी नेपालबाट अलग भएर अशोक राई नेतृत्वमा बनेको जनता समाजवादी पार्टीको केन्द्रीय समितिको पहिलो बैठक बस्न गइरहेको छ।

२०८१ असार १२ र १३ गते काठमाडौँमा बस्ने केन्द्रीय समिति बैठक बस्ने पार्टीका उपाध्यक्ष रेणु यादवले बताउनुभयो।

पार्टी दर्ता गराउँदा नै ३१ सदस्यीय केन्द्रीय सदस्यको नाम निर्वाचन आयोगमा बुझाएको छ। त्यो समेत गरी एक सयभन्दा बढी केन्द्रीय सदस्य उपस्थित रहने उपाध्यक्ष यादवले बताउनुभयो।

निर्वाचन आयोगले सनाखतका लागि समय सीमा तोकेपछि विभिन्न जिल्लाबाट जसपा नेपालका केन्द्रीय सदस्यहरू जसपामा आएको दाबी गरिएको छ। जसपाका महासचिव इस्तियाक राईले ५० वटाभन्दा बढी जिल्लामा तदर्थ समिति गठन भइसकेको र अन्य जिल्लामा पनि गठन हुने क्रम जारी रहेको जानकारी दिनुभयो।