अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सिन्धुपाल्चोक केन्द्र भएर ४.२ म्याग्निच्युटको भूकम्प

सिन्धुपाल्चोक केन्द्र भएर ४.२ म्याग्निच्युटको भूकम्प


काठमाडौं- सिन्धुपाल्चोकमा भूकम्प गएको छ। हेलम्बु केन्द्रबिन्दु भएर गएराति १ बजेर २८ मिनेट जाँदा ४ दशमलव २ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजयअधिकारीले दिएको जानकारी अनुसार यो भूकम्प ०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पकै परकम्प हो। गोरखा भूकम्पपछि त्यसका हजारौँ परकम्प गइसकेका छन्।गएराति हेलम्बुमा गएको भूकम्पको धक्का धादिङ, तनहुँ, चितवन, मकवानपुर लगायतका छिमेकी जिल्लामा पनि महसुस गरिएको थियो।