अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बैंकिङ्ग डिस्कोर्स २०२४: मौद्रिक नीतिसँगको अपेक्षा सत्रमा वक्त्ताका रुपमा पूर्वअर्थमन्त्री पाण्डे सहभागी हुने

बैंकिङ्ग डिस्कोर्स २०२४: मौद्रिक नीतिसँगको अपेक्षा सत्रमा वक्त्ताका रुपमा पूर्वअर्थमन्त्री पाण्डे सहभागी हुने


काठमाडौं-नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे दोस्रो नेशनल बैंकिङ्ग डिस्कोर्स-२०२४ मा मुख्य वक्ताका रुपमा सहभागी हुने भएको छ।

‘बैंकिङ्ग क्षेत्रको समसामयिक अवस्थामा आउँदो मौद्रिक नीतिसँगको अपेक्षा’ शीर्षकको छलफलमा मुख्य वक्ताका रुपमा पाण्डे सहभागी हुन लाग्नु भएको हो।

२०१५ सालमा धादिङमा जन्मिनु भएको हो। सुरेन्द्र पाण्डे नेकपा एमालेका सांसद हुन् । उहाँ हाल नेकपा एमालेका उपाध्यक्ष पनि हुन् ।

२०३१ सालदेखि पूर्णकालीन राजनीतिक जीवनमा होमिएका उहाँ नेपाल सरकारमा अर्थमन्त्रीको कार्यकाल निकै सफल मानिएको थियो । संविधानको विषयमा विवादित विषयलाई हल गर्न भूमिका खेलेका र उच्च स्तरिय वार्ताहरूमा सक्रिय सहभागिता जनाएका तथा नेपालका प्राय सवै जिल्लाहरुमा भ्रमण गर्नुको साथसाथै अन्तराष्ट्रिय स्तरको अनुभव हाँसिल गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका पाण्डेका विभिन्न पत्रपत्रिकामा लेख रचना प्रकाशित हुँदै आएका छन्।

चितवन (भण्डारा) निवासी पाण्डे आफू पार्टीको नीति, सङ्गठन र राजनीतिक निरन्तरताको पक्षधरका रुपमा नेपाली राजनीतिमा परिचित छ। शिक्षा स्वास्थ्य र रोजगारीलाई मौलिक हकमा समावेश गर्ने अग्रगामी एजेण्डा सहितको संविधान निर्माणमा भूमिका खेलेका पाण्डे सङ्घीय संरचना मार्फत जातीय, भाषिक, सांस्कृतिक र क्षेत्रीय विभेदको अन्त्यका लागि सक्रिय समेत छन्। सबै दलको सहमति र सहकार्यका आधारमा बन्नेको संविधानको कार्यन्वयनका पक्षमा अहिले समेत पाण्डे वकालत गरिरहेका छन्।

बैंकिङ्ग समाचार डटकमको आयोजना तथा ग्लोबल आईएमई बैंकको मुख्य प्रायोजन तथा फोन पेको सहप्रायोजनमा असार ११ गते दोस्रो नेशनल बैंकिङ्ग डिस्कोर्स २०२४ आयोजना हुने भएको हो। कार्यक्रमको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीद्वारा गरिनेछ। साथै, कार्यक्रमको विशेष सत्रमा छलपलका लागी अर्थमन्त्री वर्षमान पुनको उपस्थिती रहने उक्त कार्यक्रममा नियामकीय निकाय, बैंक तथा वित्तीय क्षेत्र, सञ्चार क्षेत्र तथा सूचना प्रविधी क्षेत्रका विज्ञ तथा अन्य क्षेत्रका ब्यक्तीत्वहरुको उपस्थिीति रहन छ।

मुख्यरुपमा बैंकिङ्ग क्षेत्रको समसामयिक अवस्थामा आउँदो मौद्रिक नीतिसँगको अपेक्षा, वित्तीय साक्षरतामा लगानी र यसको सामाजिक प्रभाव तथा वर्तमान स्थिति, नेपालमा डिजिटल इकोसिस्टमको वर्तमान परिदृश्य तथा क्रस बोर्डर डिजिटल भुक्तानीका चुनौतीहरु, सामाजिक आर्थिक विकासका लागि रेमिट्यान्सको दिगो उपयोगीता र आगामी दिशानिर्देशका बारेमा छलफल हुनेछ। दोस्रो नेशनल बैंकिङ्ग डिस्कोर्स २०२४ ले बैंकिङ्ग क्षेत्रका समस्याहरुको समाधान खोज्न र नेपालमा बैंकिङ्ग प्रणालीलाई सुधार गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।