अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

केपी ओली ढाल्दा एमाले सकिन्छ भन्नेहरू विरोधमा छन्: किरण गुरुङ

केपी ओली ढाल्दा एमाले सकिन्छ भन्नेहरू विरोधमा छन्: किरण गुरुङ


नवलपुर-नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् गण्डकी प्रदेश इञ्चार्ज किरण गुरुङले केपी शर्मा ओलीलाई ढाल्दा एमाले सकिन्छ भन्नेहरू विरोधमा लागेकाे बताउनु भएकाे छ। नेकपा एमाले नवलपुरकाे तेस्रो बैठकमा बाेल्दै नेता गुरुङले उक्त कुरा बताउनु भएकाे हाे।

केपी ओलीको विराेध गरेर के हुन्छ र हामी छाै भनेर एमाले कार्यकर्ता बस्ने हाे भने चाैतर्फी हमलाकाे सामाना गर्न कठिने हुने नेता गुरुङकाे धारणा थियाे। नेतृत्वकाे विराेध किन हुँदैछ भन्ने कुरा बुझ्न आवश्यक छ नेता उ गुरुङले भन्नुभयो, ‘नेतृत्वकाे रक्षा गर्न नसक्दा उपलब्धिहरूकाे रक्षा गर्न सकिँदैन त्यसैले नेतृत्व माथि  हमला हुँदा कार्यकर्ताले रक्षा गर्नुपर्छ।’ नेताकाे रक्षा गर्न नसक्दा नेपाली कम्युनिस्ट आन्दाेलनमा उपलब्धि मात्र हाेइन नेता पनि हराउने विगत रहेकाले हामी वैचारिक रूपमा अगाडि बढ्नुपर्छ।

भीम रावलकाे पक्षमा समाजिक सञ्जाल रंगाउनेहरू माओवादी, रास्वपा र समाजवादीका कार्यकर्ता रहेका छन्। प्रतिकृयावादीहरूले बचाउ गरेका छन्। त्ससकाे लहै लहैमा कार्यकर्ता लाग्न जरूरी छैन नेता गुरूङले थप्नुभयाे, ‘नेकपाकाे सचिवालय बैठक देखि नै नेतृत्व माथि हमला थियाे त्याे निरन्तर छ, यस्ताे अबस्थामा आज एमाले जाेगाउने श्रेय ओलीलाई जान्छ।’

अराजकताको मुख्य जड ताेड्न एमाले सफल भएकाे छ। विधि र पद्वतिमा तलमाथि हुनेहरूबाट कुनै सफलताको आशा नहुने भएकाले रावलले पार्टी खाेल्न नसक्ने कसैका साहारामा खाेलेपनि टिकाउन नसक्ने नेता गुरूङकाे जिकिर छ।