अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

वर्तमान सरकार पाँच वर्ष जान्छ, कसैले भत्काउन सक्दैन: महेश बर्तौला

वर्तमान सरकार पाँच वर्ष जान्छ, कसैले भत्काउन सक्दैन: महेश बर्तौला


काठमाडौँ-नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कमाण्डमा देश अघि बढ्ने बताउनु भएको छ।

आइतबार संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनु भएको हो।

प्रमुख सचेतक बर्तौलाले सरकारमा रहेका मन्त्रीले प्रधानमन्त्रीलाई नटेर्ने भन्ने कुरा नहुने बताउनुभयो। उहाँले प्रधानमन्त्री अहिले सबै किसिमले बलियो रहेको जिकिर गर्नुभयो। उहाँले प्रधानमन्त्रीलाई बलियो बनाउने जिम्मेवारी सरकारमा रहेका राजनीतिक दलहरूको रहेको बताउन भयो। 

प्रमुख सचेतक बर्तौलाले पहिलो दल प्रतिपक्षमा र तेस्रो दलले सत्ता चलाइरहेको अवस्थालाई लिएर आफ्नो सङ्ख्या जादुमय हो भन्नुलाई अस्वाभाविक रूपमा लिन नसकिने बताउनु भयो।

‘पहिलो दल प्रतिपक्षमा छ, तेस्रो दलले सरकारको नेतृत्व गरिहरेको छ। त्यस हिसाबले उहाँले र उहाँको पार्टीलाई हाम्रो दलको संख्या जादु नम्बरवाला हो भन्ने लाग्ने कुरालाई अस्वभाविक मान्न सकिँदैन। वर्तमान सरकार पाँच वर्ष जान्छ, कसैले भत्काउन सक्दैन। भत्काउन नसक्ने गरी छ।’

प्रमुख सचेतक बर्तौलाले सरकारले राम्रोसँग काम गरिरहेकाले नेपाली कांग्रेस विचलित हुन लागेको बताउनु भयो।