अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालको अलैँचीलाई विश्व बजारमा निर्यात गर्न कूटनीतिक पहल गर्नुपर्छ: सभामुख घिमिरे

नेपालको अलैँचीलाई विश्व बजारमा निर्यात गर्न कूटनीतिक पहल गर्नुपर्छ: सभामुख घिमिरे


काठमाडौँ-सभामुख देवराज घिमिरेले नेपालमा उत्पादित अलैँचीलाई विश्व बजारमा निर्यात गर्न सरकारले कूटनीतिक पहल गर्न आवश्यक रहेको बताउनु भएको छ।

आज ललितपुरमा आयोजित ‘अलैँचीबारे वर्तमान स्थिति अवसर र चुनौती’ विषयक राष्ट्रिय सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो।

सभामुख घिमिरेले नेपाली अलैँचीको बजार सुनिश्चित नभएकाले सरकारले विदेश निर्यातको लागि पहल गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले विश्व बजारमा नेपालमा उत्पादित अलैँची सिधै निर्यात गर्ने वातावरण बनाउन सरकारले सहजिकरण गर्न आवश्यक रहेको बताउनुभयो। 

सभामुख घिमिरेले अलैँचीलाई अनलाइन मार्केटिङको रूपबाट विकास गर्न पनि आवश्यक रहेको बताउनु भयो। उहाँले बयर हाउसहरू बनाउने र अक्सन प्रणालीमा नेपाली अलैँचीको दर रेट तय गरी अक्सन हाउसको रूपमा विकास गर्न जरुरी रहेको बताउनु भयो। उहाँले भारतमा निर्यातमा पनि विभिन्न जटिलताहरू रहेको भन्दै सरकारले अलैँची निर्यात नीतिगत रूपमा सहजिकरण गर्न आग्रह गर्नुभयो।