अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गरिबी हटाउन रेमिट्यान्सले विशेष भूमिका खेलेको छ: चेतन अधिकारी

गरिबी हटाउन रेमिट्यान्सले विशेष भूमिका खेलेको छ: चेतन अधिकारी


काठमाडौं – जनसांख्यिकीय तथ्यांक विशेषज्ञ एवं पत्रकार चेतन अधिकारीले रेमिन्ट्यासले गरिबी घटाउन विशेष भूमिका खेलेको बताउनु भएको छ।

‘दोस्रो नेशनल बैंकिङ्ग डिस्कोर्सको २०२४’ को दोस्रो सत्र ‘नेपालमा वित्तीय साक्षरताको सामाजिक प्रभाव तथा वर्तमान स्थिति’मा उठेका प्रश्नको जवाफ दिँदै उहाँले रेमिट्यान्सले गरिबी हटाउन र देशमा सीप भित्र्याउन विशेष भूमिका खेल्ने बताउनुभएको हो।

साथै, विदेशमा श्रम पसिना बगाएर काम गर्न नसक्ने भएर फर्किएका नागरिकलाई राज्यले पाल्नुपर्ने उहाँले बताउनुभयो। जसका लागि सामाजिक सुरक्षा कोष अपरिहार्य रहेको पत्रकार अधिकारीले बताउनुभयो।

डिस्कोर्सको तेस्रो सत्र ‘सामाजिक आर्थिक विकासका लागि रेमिट्यान्सको दिगो उपयोगीता र आगामी दिशानिर्देश’ मा नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, जनसांख्यिकीय तथ्यांक विशेषज्ञ चेतन अधिकारी, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्धारिका उप्रेती, नायब कार्यकारी अधिकृत (डिसीईओ) ग्लोबल आइएमइ बैंकका नायब कार्यकारी अधिकृत (डिसीईओ) सुमन पोखरेलको रहेको छ । यस सत्रको सहजकर्ताको रुपमा वरिष्ठ पत्रकार टीकाराम यात्री रहेका छन्।