अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लमजुङ अपडेट: पहिरोमा बेपत्ता एकै घरका ४ जना मृत फेला

लमजुङ अपडेट: पहिरोमा बेपत्ता एकै घरका ४ जना मृत फेला


लमजुङ-जिल्लाको क्व्होलासोथार गाउँपालिका-३ बगुमस्थित गएराति पहिरो खस्दा चारजनाको मृत्यु भएको छ।

पहिराले तीनवटा घर पुरिँदा उनीहरु बेपत्ता भएका थिए । पहिरामा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उहाँकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको शव भेटिएको स्थानीय चित्र घलेले राससलाई बताउनुभयो । उहाँले प्रहरी र स्थानीयले भग्नावशेषबाट उनीहरुको शव निकालेका हुन् ।