अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

परराष्ट्रमन्त्रीसँग चिनियाँ उपविदेशमन्त्रीको भेट

परराष्ट्रमन्त्रीसँग चिनियाँ उपविदेशमन्त्रीको भेट


काठमाडौँ-उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गर्नुभएको छ।

परराष्ट्र मन्त्रालयमा भएको उक्त भेटमा नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा कुराकानी भएको उक्त मन्त्रालयले जनाएको छ। साथै उहाँहरूबीच आपसी सहयोगका परियोजनाबारे पनि छलफल भएको थियो।  परराष्ट्रमन्त्रीले नेपालको विकास प्रयासमा चीनबाट प्राप्त सहयोगका निम्ति आभार व्यक्त गर्दै भविष्यमा पनि त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो। 

उपविदेशमन्त्री सुन नेपाल–चीन परराष्ट्रसचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुने सिलसिलमा गत सोमबारदेखि नेपालको तीनदिने औपचारिक भ्रमणमा हुनुहुन्थ्यो। उहाँ आजै स्वदेश फर्कनु भयो। उहाँलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा मन्त्रालयका उत्तरपूर्वी एसिया महाशाखाका प्रमुख कृष्णप्रसाद ढकाल तथा नेपालका लागि चिनियाँ राजदूत छन सङले बिदाइ गर्नुभयो।