अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेबाट फुटेको तीनवर्षपछि पहिलो पटक नेकपा एसको महाधिवेशन आज देखि

एमालेबाट फुटेको तीनवर्षपछि पहिलो पटक नेकपा एसको महाधिवेशन आज देखि


काठमाडौं- नेकपा एमालेबाट फुटेर बनेको नेकपा एकिकृत समाजवादीले तीन वर्षपछि आजबाट महाधिवेशन गर्दैछ ।

असार २० गतेसम्म हुने महाधिवेशनको आज उद्घाटन सत्र हुनेछ। प्रज्ञा भवन कमलादीमा हुने महाधिवेशनको उद्घाटन सत्रअघि बिहान ११ बजे भृकुटीमण्डपबाट र्‍याली निस्कने एकीकृत समाजवादीले जानकारी दिएको छ। पार्टीको पहिलो महाधिवेशन भए पनि एमालेको निरन्तरता भन्दै उसले १० औं महाधिवेशन भनेको छ ।

एकीकृत समाजवादीको केन्द्रीय पदाधिकारी २१ सदस्यीय बनाउने सहमति भएको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको ८९ औं सचिवालय बैठकले २१ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय सदस्य रहने व्यवस्था गर्ने निर्णय गरेको थियो। एमालेको विधान पछ्याउदै सो पार्टीले पार्टीले बरिष्ठ उपाध्यक्ष र महिला उपाध्यक्षको पद पनि सृजना गर्ने जनाएको छ ।

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार महाधिवेशन हलबाट अनुमोदन हुने गरी केन्द्रीय समिति २९९ सदस्यीय बनाउने निर्णय भएको छ।

पार्टीमा अहिले रहेको सम्मानित नेताको पद पनि कायमै राखिने जानकारी दिनुभएको छ।

‘पार्टीमा एक अध्यक्ष र एक महासचिव रहने व्यवस्था छ। आवश्यकताअनुसार वरिष्ठ नेताको पद सिर्जना गरिनेछ,’ खतिवडाले भन्नुभयो।

एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल, झलनाथ खनाल र घनश्याम भूसाल उठ्ने चर्चा भइरहेको छ।

८० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरू नेतृत्वमा प्रतिस्पर्धा नभई सहमति होस् भन्ने पक्षमा रहेको खतिवडाको दाबी छ ।