अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीसँग अध्यक्ष ओलीको भेटघाट

प्रधानमन्त्रीसँग अध्यक्ष ओलीको भेटघाट


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारमा जारी भेटमा समसामयिक परिस्थिति र सरकारका कामबारे छलफल भइरहेको स्रोतले बतायो ।

दुई नेताबीच शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने विषयमा छलफल पनि भएको बताइएको छ ।
एमाले अध्यक्ष ओलीसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बालकोट पुगेर भेटवार्ता गरेको विषय सार्वजनिक भएलगत्तै आज प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो । तर आजको भेटलाई सत्ता साझेदार दुई दलका नेताहरुबीच नियमित भेटघाट भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।