अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीद्वारा नेपाल आइडल सिजन ५ का विजेता करण परियारलाई बधाई

अध्यक्ष ओलीद्वारा नेपाल आइडल सिजन ५ का विजेता करण परियारलाई बधाई


काठमाडौं-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आइडल सिजन ५ का विजेता करण परियारलाई बधाई दिनुभएको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले बधाई दिनुभएको हो।

अध्यक्ष ओलीले निरन्तरको संघर्ष र साधनाबाट सफलता प्राप्त गर्ने नेपाल आइडल सिजन ५ का विजेता बर्दियाका करण परियारलाई भेटेर बधाइ दिनुभयो। उहाँले करणको आगामी यात्रा सफलताको शुभकामना दिनुभयो।

अध्यक्ष ओलीले विजेता परियारलाई बधाई दिनुहुँदै सङ्गीतका कार्यक्रम आफूले हेर्ने गरेको उल्लेख गर्दै युवापुस्ताका हरेक सुखदुःखमा आफू साथमै रहेको बताउनुभयो।

नेपाल आइडल (सिजन ५) का विजेता करण परियार र उपविजेताहरूलाई बधाई तथा शुभकामना दिन एमालेले आइतबार च्यासलमा कार्यक्रम आयोजना गरेको थियो। 

गायन रियालिटी शो नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जित्नुभएको थियो। ग्रान्ड फिनालेमा अन्य फाइनलिस्टहरु मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई पछि पार्दै उहाँ विजेता बन्नुभएको थियो।

उपाधि जितेसँगै करणले ट्रफीसहित रु.२५ लाख रुपैयाँ नगद र अन्य पुरस्कार प्राप्त गर्नुभएको थियो। प्रतियोगितामा पोखराकी सलोमी गुरुङ फस्ट रनरअप बन्नुभएको थियो । उहाँले ट्रफीसहित नगद १० लाख पुरस्कार प्राप्त गर्नुभयो । यस्तै दार्जिलिङका सचिन विश्वकर्मा सेकेन्ड रनरअप बन्नुभएको थियो । उहाँले नगद ५ लाख रुपैयाँ प्राप्त गर्नुभभएको थियो।