अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीसँगको भेटको ब्रिफिङ गर्न काँग्रेस पदाधिकारीको बैठक

अध्यक्ष ओलीसँगको भेटको ब्रिफिङ गर्न काँग्रेस पदाधिकारीको बैठक


काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्नेछ ।

दिउँसो ३ बजे बस्ने बैठकमा नेविसंघलगायत भ्रातृ संस्थाको म्याद सकिएको सन्दर्भमा नयाँ नेतृत्व चयनका विषयमा छलफल हुनेछ ।

बैठकमा सभापति देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गरेको भेटवार्ता तथा समसामयिक विषयमा छलफल हुने कांग्रेस नेताहरुले बताएका छन् ।