अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमालेलाई घेराबन्दीमा पार्ने काम भइरहेको छ: राजेन्द्र गौतम

एमालेलाई घेराबन्दीमा पार्ने काम भइरहेको छ: राजेन्द्र गौतम


काठमाडौं-नेकपा एमाले स्थायी कमिटी सदस्य, प्रचार तथा प्रकाशन विभाव प्रमुख राजेन्द्र गौतमले अहिले नेकपा एमाले र एमाले नेतृत्वको सरकार विरुद्ध सामाजिक सञ्जाल मार्फत घेराबन्दी गर्ने काम भइरहेको बताउनुभएको छ।

प्रेस चौतारी नेपालको बुधबार साँझ आयोजित जुम बैठकलाई सम्बोधन गर्दै उहाँले यसबाट समाजमा विभाजन र नैराश्यता बढाउने काम भएको बताउनुभयो। ‘आज हाम्रो पार्टी मात्र होइन सिङ्गो देश यो चुनौतीसँग जुधिरहेको छ’, उहाँले भन्नुभयो।

सूचनाको अधिकारको रक्षा गर्दै मिथ्या प्रचारलाई रोक्न सरकारका नियामक निकायले प्रभाकारी भूमिका खेल्नु पर्ने निर्णय नेकपा एमाले केन्द्रीय कमिटी बैठकले गरेको उहाँले जानकारी गर्नुभयो। दुराशययुक्त सूचनालाई रोक्न सबैले पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। ‘मिथ्या, दुराशय युक्त, झुटा सूचना मार्फत समाजमा जुन खालको नैराश्यता सिर्जना भएका छन् यी विषय गम्भीर छलफलका विषय हुनुपर्छ’, नेता गौतमले भन्नुभयो।

अहिले भइरहेको चौतर्फी हमलाको विरुद्ध प्रेस चौतारी नेपाल एकताबद्ध हुने गरी सहमतिबाट नेतृत्व चयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। ‘सहमतिको लागि अन्तिम प्रयास गरेर निष्कर्षमा पुर्‍याउनु पर्दछ, नेतृत्वमा आएपछि काम गर्नुपर्छ भन्ने कुराको तयारीका साथ जानुपर्छ’, उहाँले भन्नुभयो।

प्रेस चौतारी नेपालको नयाँ नेतृत्व पत्रकारिताको राम्रो ज्ञान भएको वैचारिक नेतृत्व आउनु पर्नेमा उहाँले जोड दिनुभयो। जस्तोसुकै आँधी हुरीमा पनि नहल्लिने सतिसाल जस्तो नेतृत्व चयन हुनुपर्ने गौतमले बताउनुभयो । प्रेस चौतारी नेपालले अन्य सबै जनसंगठनलाई सन्देश दिनुपर्नेमा उहाँले जोड दिनुभयो।