अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफलमा

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफलमा



काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच अझ प्रभावकारी ढङ्गले सरकार सञ्चालन गर्ने बारेमा छलफल भएको छ।

प्रधानमन्त्री निवासमा आज बिहान भएको छलफलमा उहाँहरुबीच सरकार सञ्चालनलाई थप प्रभावकारी बनाउने विषयका अतिरिक्त मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीचको छलफल अहिले पनि जारी छ। उहाँहरुबीच तीन घण्टा लामो समयदेखि छलफल हुनुहुन्छ। दुई नेता वान टु वान छलफल गरिरहनु भएको छ।

आइतबार पनि प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच छलफल भएको थियो। उक्त छलफलमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने पनि सहभागी हुनुहुन्थ्यो ।