अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री प्रचण्डलाई अध्यक्ष ओलीले भन्नुभयोः कांग्रेससँग मिलेर सरकार बनाउने कुरा हल्ला मात्र

प्रधानमन्त्री प्रचण्डलाई अध्यक्ष ओलीले भन्नुभयोः कांग्रेससँग मिलेर सरकार बनाउने कुरा हल्ला मात्र



काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अहिलेको सत्ता समीकरणमा कुनै समस्या नआउनेमा बताउनुभएको छ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कुराकानीमा अध्यक्ष ओलीले बजारमा कांग्रेससँगको समीकरण बनाउने हल्ला चलेको विश्वास नगर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गर्नुभएको हो।

दुई नेताहरूबीच बालुवाटारमा तीन घन्टा बढी छलफल चलेको थियो।

प्रधानमन्त्री प्रचण्डका स्वकिय सचिव रमेश मल्लका अनुसार अहिले मिडियामा, बजारमा जेजे कुरा आएका छन्, त्यसमा सत्यता छैन।