अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

रास्वपा महामन्त्री ढकालले पेस गर्न नपाएको प्रस्तावमा के छ ? (पूर्ण पाठसहित)

रास्वपा महामन्त्री ढकालले पेस गर्न नपाएको प्रस्तावमा के छ ? (पूर्ण पाठसहित)


काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले पार्टीको केन्द्रीय समिति बैठकमा पेस गर्न नपाएको प्रस्ताव सार्वजनिक गर्नुभएको छ।

बुधवार बिहान पार्टी कार्यालय वनस्थलीमा बसेको बैठकमा समीक्षा प्रतिवेदनका आधारमा तयार पारेको प्रस्ताव सभापति रवि लामिछानेले प्रस्तुत गर्न अनुमति नदिएपछि महामन्त्री ढकाले मिडियामार्फत सार्वजनिक गर्नुभएको हो।

प्रस्तावमा महामन्त्री ढकालले लामिछानेसँग माफी माग्ने विषयदेखि आफ्नो बिहेको विषयसमेत उल्लेख गर्नुभएको छ। उाँले प्रतिवेदनमा भन्नुभएको छ, ‘गल्फ्रेन्डको कुरा। मेरो जीवनकै बारेमा केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक पर्दैन । मैले बिहा नै गर्ने कि नगर्ने, कुमार नै बस्ने कि, केन्द्रीय समितिले निर्णय गरिदेओस्। केन्द्रीय समितिले नै केटी खोजेर योसँग गर भन्छ भने पनि तयार छु । वा आफ्नो इच्छा भन्छ नि ठीक छ। तर निर्णय गरिदेओस् ।’ 

महामन्त्री ढकालले पार्टीको केन्द्रीय कमिटी बैठकमा लिखित प्रस्ताव पेस गर्ने अनुमति पाउनु भएन । उहाँलाई सभापति रवि लामिछानेले प्रस्ताव पेस गर्ने अनुमति नदिएका हुन् । 

हेर्नुहोस् पूर्णपाठ