अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीले आफ्ना मन्त्रीलाई बोलाउनुभयो बालकोट

एमाले अध्यक्ष ओलीले आफ्ना मन्त्रीलाई बोलाउनुभयो बालकोट


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई छलफलका लागि बोलाउनु भएको छ।

अध्यक्ष ओलीले आज साँझ साढे ६ बजे बालकोटस्थित आफ्नो निवासमा मन्त्रीहरूलाई छलफलका लागि बोलाउनु भएको हो।

पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित प्रमुख तीन दलका शीर्ष नेताबीच द्विपक्षीय भेटवार्ता बाक्लिएका वेला एमाले अध्यक्ष ओलीले आफ्ना पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई सामूहिक रूपमा भेटका लागि बोलाउनुलाई सत्ताराजनीतिमा चासोका साथ हेरिएको छ।

प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष ओलीबीच बेग्लाबेग्लै भेटवार्ता चलिरहेको छ।

 प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्षबीच आजै पनि भेटवार्ता भएको छ। अध्यक्ष ओली र सभापित देउवाको पछिल्लो भेटपछि भने राजनीतिक वृत्त तरंगित बनेको छ। सामाजिक सञ्जालहरूमा त्यसलाई सम्भावित सत्तापरिवर्तनको तयारीका रूपमा चर्चा भइरहेको छ।

एमालेबाट उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात रघुवीर महासेठसहित ८ जना मन्त्री छन्। साथै, उहाले तत्काल उपत्यका नछाड्न मन्त्रीहरुलाई निर्देशन समेत दिएको एक स्रोतले जानकारी दियो।

अध्यक्ष ओलीको उक्त निर्देशनसँगै केही मन्त्रीले भोलि (मंगलबार) का लागि तय भएको राजधानी बाहिरका कार्यक्रम पनि रोकेको जानकारी सचिवालयलाई गराइसकेका छन्।