अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

अध्यक्ष ओली केही दिनमा प्रधानमन्त्री बन्दै हुनुहुन्छ: विष्णु पौडेल

अध्यक्ष ओली केही दिनमा प्रधानमन्त्री बन्दै हुनुहुन्छ: विष्णु पौडेल


काठमाडौं-नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले राष्ट्र निर्माणको लागि सबैले आफ्नो क्षेत्रबाट योगदान दिनुपर्ने बताउनुभएको छ। 

बिहीबार अनेरास्ववियु रुपन्देहीले बुटवलमा आयोजना गरेको एसईई उत्तीर्ण विद्यार्थीको सम्मानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले अब भरोसा र उत्साहका साथमा कदम अगाडि बढाउने वातावरण बनेको बताउनुभयो। देशको समृद्धिका निम्ति योगदान गर्ने अनुकूल परिस्थिति निर्माण गर्ने सङ्कल्पका साथ एमाले र कांग्रेसको बीच समझदारी बेनेको उपाध्यक्ष पौडेलले जानकारी दिनुभयो। 

हिजो देशमा समृद्धिको काम गर्न सफल हुनुभएका केपी ओली केही दिनमा देशको प्रधानमन्त्री बन्ने बताउनुभयो । उहाँले अब देश समृद्धिको बाटोमा अघि बढ्ने उहाँले प्रष्ट पार्नुभयो। ‘त्यो सरकारले अरू क्षेत्रका समस्याका साथसाथै शैक्षिक क्षेत्रका समस्या पनि नयाँ उचाइबाट समाधान गर्दै गुणस्तरीय शिक्षा आर्जन गर्ने र त्यस भित्र रहेर राष्ट्र निर्माणमा योगदान दिने नेपाली विद्यार्थीको चाहना पुरा हुँदै छ’, उहाँले भन्नुभयो। 

उहाँले एसईई परीक्षामा उत्तीर्ण विद्यार्थीको उज्वल भविष्यको पनि कामना गर्नुभयो। नेपालको शैक्षिक क्षेत्रमा रुपन्देहीको महत्त्वपूर्ण योगदान रहेको बताउँदै पौडेलले यो अझ अघि बढ्ने विश्वास पनि व्यक्त गर्नुभयो।