अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस र एमालेबीच सहकार्य हुन सक्छ: डा. प्रकाशशरण महत

कांग्रेस र एमालेबीच सहकार्य हुन सक्छ: डा. प्रकाशशरण महत


नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस र नेकपा एमालेबीच सहकार्य हुन सक्ने बताउनु भएको छ।

आज पदाधिकारी बैठकबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता महतले संविधान संशोधनलगायतका विषयमा समझदारी बने कांग्रेस र एमालेबीच सहकार्य हुन सक्ने बताउनु भएको हो। उहाँले केवल सत्तामा मात्रै आधारित नभई मुद्दामा आधारित भएर अगाडि बढ्नुपर्ने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘सरकार परिवर्तन हुनुमात्रै महत्त्वपूर्ण होइन। यो सरकार दिगो हुनुपर्छ र दीर्घकालीन रूपमा काम गर्ने वातावरण हुनुपर्छ। अब सत्ताका लागि सत्ता होइन कि त्यसको दिगोपन, के-के मुद्दामा सहमति हुने भन्ने हो।’ 

उहाँले राष्ट्रिय राजनीतिका विषयमा नेतृत्वले छलफल गरिरहेको बताउनुभयो । ‘ठूलो पार्टीको हैसियतले सत्तामा जानुपर्छ भन्ने विषय अनौठो होइन। नेतृत्वले छलफल गरिरहेको छ। मुद्दामा छलफल गर्दा एक ठाउँमा आउनु स्वाभाविक हो,’ उहाँले भन्नुभयो।