अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मध्यरातमा एमाले काँग्रेस सत्ता समिकरणको सहमती,अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त हुँदै

मध्यरातमा एमाले काँग्रेस सत्ता समिकरणको सहमती,अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त हुँदै


काठमाडौं- मध्यरातमा नेकपा एमाले र नेपाली काँग्रेसबीच सत्ता समिकरण र संविधान संसोधन लगायतका विषयमा नयाँ सहमती भएको छ । यससँगै प्रधानमन्त्रीमा अध्यक्ष केपी शर्मा ओली नियुक्ती हुने बाटो खुलेको छ ।
तीदिन देखि सतहमा आएको काँग्रेस एमालेको नयाँ सत्ता यात्राको सम्भावनाले गएराती मूर्त रुप पाएको हो । जस अनुसार पहिलो चरणमा अध्यक्ष ओली प्रधानमन्त्री हुने र दोस्रो चरणमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने सहमती भएको छ । यसैगरी निर्वाचन प्रणालीमा सुधार गर्न र प्रदेशको संरचना बारेमा आवश्यक सुझाव दिन पूर्वप्रधान न्यायधिस कल्याण श्रेष्ठको संयोजकत्वमा एक समिती गठन गर्ने पनि सहमती भएको छ ।
संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री ओली नियुक्ती प्रक्रियाका बारेमा बुझ्न राती नै काँग्रेस एमालेका नेताहरु शितल निवास पुगेका थिए ।