अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजनीतिक स्थायित्वका लागि एमाले र कांग्रेसबीचमा समझदारी: शंकर पाेखरेल

राजनीतिक स्थायित्वका लागि एमाले र कांग्रेसबीचमा समझदारी: शंकर पाेखरेल


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक स्थायित्वका लागि नेकपा एमाले र नेपाली कांग्रेसबीच समझदारी भएकाे बताउनु भएको छ।

सामाजिक सञ्जालमार्फत् महासचिव पाेखरेलले राष्ट्रिय सहमतिकाे सरकार बनाउने गरी समझदारी भएकाे उल्लेख गर्नुभएको छ।

महासचिव पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने गरी नेपाली कांग्रेससँग समझदारी भएको बताउनु भएको छ।

सामाजिक सञ्जाल फेसबुकमार्फत महासचिव पोखरेलले लेख्नुहुन्छ, ‘राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदनुरूपका कानुनसमेत निर्माण गर्ने गरी केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन नेकपा एमाले र नेपाली कांग्रेसका बीचमा समझदारी।’

उहाँले राष्ट्रिय सरकारमा अन्य सहमत दलहरूलाई पनि समावेश गरिने बताउनु भएको छ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारमा पुगेर भेट गर्नुभएको छ। यसअघि आइतबार र सोमबार प्रधानमन्त्री प्रचण्ड र ओलीबीच लगातार छलफल चलिरहेको थियो। छलफलकैबीचमा एमालेले कांग्रेससँग गरेको सहकार्यले माओवादी केन्द्र के गर्ने भन्ने अन्योलमा छ।

सोमबार मध्यराती ( १२ बजे) काङ्ग्रेस–एमालेबीच सरकार बनाउने सहमति भएको थियो।

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा हस्ताक्षर गएका छन्।