अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मत सामना गर्ने

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मत सामना गर्ने


काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल पदबाट राजीनामा नदिने भएका छन्। 

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा अहिले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो। 

बालुवाटारमा बसेको पदाधिकारी बैठकले प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्ने निर्णय गरेको सचिव देवेन्द्र पौडेलले बताउनु भयो । उहाँले भन्नभयो, ‘प्रधानमन्त्रीले विश्वासको मतको सामाना गर्ने धारणा बनाउनुभएको छ। हामीले पनि पार्टीको तर्फबाट एकमतले समर्थन गरेका छौं। विभिन्न पक्षसँग कुरा गर्छौ । रास्वपा, कांग्रेस र एमालेका विभिन्न पक्षसँग कुराकानी गरेर अगाडि बढ्ने सहमति भएको छ।’