अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गिरिजाप्रसादको फोटो प्रदर्शनी हेर्न एमाले अध्यक्ष ओली सानेपामा

गिरिजाप्रसादको फोटो प्रदर्शनी हेर्न एमाले अध्यक्ष ओली सानेपामा


काठमाडौं-स्व. गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मयन्तीको उपलक्ष्यमा नेपाली कांग्रेसले आयोजना गरेको फोटो प्रदर्शनीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेसको पार्टी कार्यालय सानेपामा पुग्नुभएको छ।

नेपाली कांग्रेसले काठमाडौँमा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’ विषयक फोटो प्रदर्शनीमा अध्यक्ष ओली सहभागी हुनुभएको हो।

कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका शीर्ष नेताहरूले अध्यक्ष ओलीलाई फोटो प्रदर्शनीको अवलोकन गराउनु भएको थियो।

अवलोकनलगत्तै सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन कुमार थापा लगायतसँग ओलीले छलफल गर्नुभयो।