अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

साना दलले बार्गेनिङ गरेर प्रधानमन्त्री खाने, ठूलाले टुलुटुलु हेरिरहनेअन्त्य भयो: गीता कार्की

साना दलले बार्गेनिङ गरेर प्रधानमन्त्री खाने, ठूलाले टुलुटुलु हेरिरहनेअन्त्य भयो: गीता कार्की


काठमाडौं-नेकपा एमाले केन्द्रीय सदस्य गीता कार्कीले साना दल मिलेर सरकारमा जाने र सरकार परिवर्तन गरिरहने कुरा अब अन्त्य भएको बताउनुभएको छ। 

देशका दुई ठूला राजनीतिक शक्ति एक ठाउँमा उभिँदा देशले निकास पाउने बताउनुभयो। उहाँले भन्नुभयो, ‘साना दल बार्गेनिङ गरेर प्रधानमन्त्री खाने, ठूला दल बाहिर बसेर टुलुटुलु हेरेर बस्ने कुरा अब अन्त्य भएको छ।’

नेकपा एमालेको जोसँग सहकार्य भए पनि मिसन २०८४ को अभियान नरोकिएको उहाँले बताउनुभयो। २०८४ निर्वाचनमा एमाले बहुमत पाउने गरी जनतासँग जोडिएर काम गर्नुपर्ने उहाँले बताउनु भयो।

मिसन ग्रासरुटले पार्टीको समस्या थाहा भएको र जनता र कार्यकर्तासँग नेतालाई जोडेको उहाँले बताउनुभयो । त्यसकै जगमा एमालेले समृद्धिका लागि सङ्कल्प यात्रा गरेको बताउँदै उहाँले जनतामा देखिएको त्यही उत्साहलाई जोगाएर एमाले मिसन २०८४ तर्फ अघि बढ्नु पर्नेमा जोड दिनुभयो।