अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सचिवालय बैठक सकियो

एमाले सचिवालय बैठक सकियो


काठमाडौं-नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक सकिएको छ। ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा एमालेको सचिवालय बैठक सकिएको हो। नेपाली कांग्रेससँग सत्ता सहकार्यको समझदारी गरेलगत्तै एमालेले को सचिवालय बैठक बाेलाइएकाे थियाे।

सचिवालय बैठकले पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनका निम्ति सबै दलहरुलाई आव्हान गर्ने निर्णय भएको सचिव भट्टराईले जानकारी गराउनुभयो। उहाँले भन्नुभयो, ‘एमाले र नेपाली कांग्रेसको सहमति अनुरुप एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने राष्ट्रिय सहमतिको सरकारमा सहभागी भई राजनीति स्थायीत्वमा योगदान गर्न संसदमा रहेका सबै दलहरुलाई आव्हान गर्ने सचिवालय बैठकले निर्णय गरेको छ।’ 

संविधानको धारा ७६ (२) को सरकार निर्माणका लागि भोलीसम्ममा मार्ग प्रसस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई समय दिएको सचिव भट्टराईले बताउनु भयो । उहाँले भन्नुभयो, ‘नेकपा एमाले र नेपाली कांग्रेस बीचमा भएको सहमति अनुरुप अब संविधानको धारा ७६ (२) को सरकार निर्माणका लागि भोलीसम्ममा मार्ग प्रसस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आव्हान गर्ने ।’