अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन एमालेको आह्वान

राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन एमालेको आह्वान


काठमाडौँ-नेकपा एमालेले संसदमा प्रतिनिधित्व गरेका राजनीतिक दललाई राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन आह्वान गरेको छ। 

ललितपुर, च्यासलस्थित पार्टी कार्यालयमा मंगलबार भएको एमाले सचिवालय बैठकले नेपाली कांग्रेससँगको सहमतिअनुरूप एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन ती दललाई आह्वान गरेको हो।

 सचिवालय बैठकले संविधानको धारा ७६ (२) बमोजिम सहमतिको सरकार गठनका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अनुरोध गरेको छ। 

पार्टी सचिव योगेश भट्टराईका अनुसार नेपाली कांग्रेस र नेकपा (एमाले)बीच राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमतिको बैठकले स्वागत गरेको छ। साथै बैठकले प्रधानमन्त्री दाहाललाई नयाँ सरकार गठनका निम्ति बुधबारसम्ममा मार्गप्रशस्त गर्न आग्रह गरेको छ।

यी हुन् एमालेले गरेका निर्णयहरू–
१. एमाले र काँग्रेसबीच नयाँ सरकार निर्माणका लागि भएको सहमतिको अनुमोदन गर्ने ।
२. नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन अन्य दललाई आह्वान गर्ने ।
३. राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि भोलिसम्म मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई आह्वान गर्ने ।