अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुन्दर हमालको लोक गीत ‘तातो पानी’ सार्वजनिक

सुन्दर हमालको लोक गीत ‘तातो पानी’ सार्वजनिक


काठमाडौं-सुन्दर हमालको प्रस्तुतिमा लोक तथा दोहोरी गीत ‘तातो पानी ’सार्वजनिक भएको छ। गायिका सिम्रन परियार र कुशल वेल्वासेको स्वर रहेको गीत निश्चल दवाडीको शब्द तथा सुन्दर हमालको संगीत छ।

डान्सिङ्ग विटमा तयार पारिएको गीतको भिडियोमा मोडल तथा याङजी दोङ तामाङ्ग र सुनील क्षेत्री, बेगम नेपालीको अभिनय देख्न सकिन्छ।

भिडियोको कोरियोग्राफी तथा निर्देशन पनि क्षेत्रीले गरेका हुन्। अजय रेग्मीको छायाङ्कन र अमृत चापागाईको सम्पादन भिडियोमा छ। सुन्दरको यस अगाडि सुन ठिटा हो , पारी ठुली भिर , उखुमै भयो नी लगायतका दजनौं गीत चर्चामा रहेका थिए।