अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

रवि लामिछानेको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔँ: मुकुल ढकाल

रवि लामिछानेको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔँ: मुकुल ढकाल


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले पार्टीलाई ‘रवि लामिछानेको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔँ,’ भन्दै आक्रोस पोख्नुभएको छ।

पार्टीका केन्द्रीय समितिमा आफ्ना प्रस्ताव प्रस्तुत गर्न नपाएपछि महामन्त्री ढकालले यस्तो आक्रोस पोख्नुभएको हो।

मंगलबार सचिवालय बैठकले आफूलाई बोल्न दिने निर्णय गरे पनि बुधबार केन्द्रीय समितिमा सभापतिले बोल्न र प्रस्ताव प्रस्तुत गर्न नदिएको ढकालले बताउनुभयो। उहाँले भन्नुभयो, ‘हिजोको पार्टी सचिवालय बैठकको निर्णयबमोजिम समीक्षा प्रतिवेदनका आधारमा प्रस्ताव तयार पारेको थिएँ। समीक्षा प्रतिवेदनपछिका सन्दर्भमा आफ्ना भनाइ राख्ने अनुमति दिने सचिवालयले निर्णय गरेको थियो, तर आज मलाई बोल्न दिइएन। लिखित रूपमा तयार पारिएको प्रस्ताव सभापतिले राख्न अनुमति दिनुभएन।’

महामन्त्री ढकालको प्रतावमा सभापतिमा रवि लामिछाने रहे पनि पार्टीलाई राष्ट्रिय स्वतन्त्र पार्टी नै रहन दिनुपर्ने उल्लेख छ। ‘राष्ट्रिय स्वतन्त्र पार्टीलाई अबको १०० दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔँ, रविको पार्टी होइन। राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पनि रवि लामिछानेलाई नै बनाऔँला, तर पार्टीलाई रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔँ,’ प्रस्तावमा भनिएको छ।