अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सगरमाथाको चुचुरोमा अनेरास्ववियुको झण्डा

सगरमाथाको चुचुरोमा अनेरास्ववियुको झण्डा


काठमाडौं-विश्वको सर्वोच्च शिखर सगरमाथामा अनेरास्ववियुको झण्डा फहराइएको छ। आरोही मिङ्मा डेभिड शेर्पाले सोमबार सगरमाथामा अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशनको लोगोसहितको झण्डा फहराएका हुन्।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले विश्वको सर्वोच्च शिखर सगरमाथामा अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनको लोगो र झण्डा फहरिनु संगठनको साझा गौरवको क्षण भएको बताउनुभयो।

‘यो केवल झण्डा होइन, यो हो हाम्रो प्रतिबद्धता, साहस र संघर्षको प्रतिक’ अध्यक्ष बडालले फेसबुकमा लेखेका छन्, ‘यो ऐतिहासिक कार्यलाई सम्भव बनाउन अद्वितीय योगदान दिने विश्व प्रसिद्ध हिमाल आरोही मिङ्गमा डेभिड शेर्पाप्रति हामी गहिरो सम्मान र कृतज्ञता प्रकट गर्छौं ।’

अध्यक्ष बडालले जलवायु परिवर्तनको प्रभावबारे चेतना फैलाउने र यसको रोकथामका लागि विद्यार्थीहरूको संगठन अनेरास्ववियु दृढ रहेको पनि उल्लेख गरेका छन् ।