अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीले राजिनामा नदिने अडान लिएपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लियो

प्रधानमन्त्रीले राजिनामा नदिने अडान लिएपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लियो


काठमाडौं- नेकपा एमलेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । हिजो पार्टी सचिवालयको बैठकले आज सम्ममा प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजिनामा दिन आग्रह गरेको थियो । दाहालले यो आग्रहलाई वेवास्ता गरेपछि एमालेले समर्थन फिर्ता लिएको प्रमुख सचेतक महश वर्तौलाले जानकारी दिनुभयो ।
‘हामीले प्रधानमन्त्रीज्यूलाई मार्ग प्रशस्त गर्न आजसम्मको समय दिएका थियौँ। तर हाम्रो आह्वानअनुरुप उहाँबाट त्यो भएन,’ बर्तौलाले भन्नुभयो , ‘अब नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व र नेपाली कांग्रेसको समर्थन एवं सहभागितामा नयाँ राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि एमालेका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय भएको छ। त्यो निर्णय केहीबेरमा प्रधानमन्त्रीज्यूलाई जानकारी गराउँछौँ।’