अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका मन्त्रीहरु बालकोटमा,सामुहिक राजिनामाको तयारी

एमालेका मन्त्रीहरु बालकोटमा,सामुहिक राजिनामाको तयारी


भक्तपुर- नेकपा एमालेका मन्त्रीहरु अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले राजिनामा नगरेपछि उनीहरुले सामुहिक राजिनामा बुझाएर सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी छ । अध्यक्ष ओलीको सचिवालयका अनुसार करिब १० मिनेट अघि एमालेका आठै जना मन्त्रीहरु बालकोट पुगेका हुन् । उनीहरुले अध्यक्ष ओलीलाई आभार तथा धन्यवाद दिएर राजिनामा गर्न बालुवाटार जाने तयारी छ ।