अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका मन्त्रीहरूको राजीनामा स्वीकृत

एमालेका मन्त्रीहरूको राजीनामा स्वीकृत


काठमाडौं-नेकपा एमालेबाट सरकारमा सहभागी ८ मन्त्रीले दिनुभएको राजीनामा स्वीकृत भएको छ।

उपप्रधान एवम् भाैतिक पूर्वाधारमन्त्री रघुवीर महासेठकाे नेतृत्वमा कानूनमन्त्री पदम गिरी, कृषिमन्त्री ज्वालाकुमारी साह, गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्याेगमन्त्री दामाेदर भण्डारी, महिलामन्त्री भगवती चाैधरी, खानेपानी मन्त्री राजेन्द्रकुमार राई र रक्षामन्त्री हरि उप्रेतीको राजीनामा स्‍वीकृत भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आएको राजीनामा स्वीकृत गरी उहाँहरुको कार्यभार प्रधानमन्त्री प्रचण्डलाई तोकेका राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिनुभयो।

एमालेको बुधबार बसेको सचिवालय बैठकले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेसँगै एमालेका ८ जना मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा दिएका थिए। एमालेले प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थनसहित सरकारबाट बाहिरिएको हो।