अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने

प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने


काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ गते विश्वासको मत लिने हुनुभएकाे छ। उहाँले संघीय संसदका महासचिवलाई पत्र लेखेर २८ गतेको बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न आग्रह गर्नुभएकाे हाे।

नेकपा एमालेले सरकारमाथिको समर्थन फिर्ता लिएसँगै अल्पमतमा पुगेका प्रधानमन्त्री दाहालले संसदबाट विश्वासको मत लिन लाग्नुभएको हो। 

‘मेरो नेतृत्वमा संवत् २०७९ पुस ११ गते गठित सरकारमा सहभागी दलहरुमध्ये एक दलले आफ्नो समर्थन फिर्ता लिएको हुँदा नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने प्रावधान भए अनुरुप उक्त विषय संवत् २०८१ साल असार २८ गतेको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि अनुरोध छ’, प्रधानमन्त्रीले लेख्नुभएको पत्रमा भनिएको छ।

एमाले-कांग्रेस सत्ता सहकार्यको सहमति भएसँगै नेकपा एमाले सरकारबाट बाहिरिसकेको छ। सरकारमा सहभागी दलहरूमध्ये कुनै दलले आफ्नो समर्थन फिर्ता लिँदा संविधानको धारा १०० को उपधारा २ बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ।