अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचलित कानुन विपरीत निलम्बन गरियो: डा. मुकुल ढकाल

प्रचलित कानुन विपरीत निलम्बन गरियो: डा. मुकुल ढकाल


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा. मुकुल ढकालले आफूलाई स्पष्टीकरणको मौका नदिई निलम्बिन गरिएको आरोप लगाउनु भएको छ।

महामन्त्री ढकाललाई बुधबार बसेको केन्द्रीय समितिको बैठकले सात दिनका लागि महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट निलम्बिन गरिएको थियो।

ढकालले विधि पद्दति र लोकतान्त्रिक मुल्य मान्यता अनुसार आफूलाई गरिएको निलम्बनको प्रक्रिया नमिलेको बताउदै स्पष्टीकरणको जवाफ नै नपढी कारवाही गरिनु दुराषयपूर्ण रहेको बताउनुभयो।

महामन्त्री डा. मुकुल ढकालको भनाइ जस्ताको त्यस्तै

स्पष्टीकरणलाई दर्ता नै गर्न नदिएर, स्पष्टीकरण दिएन भन्ने भाष्य सिर्जना गर्न खोजियो। आज सोधिएको स्पष्टीकरणको अन्तिम म्याद हो र मैले स्पष्टीकरण १९ गते नै बुझाएको हो र दर्ता गर्न आग्रह गर्दा गर्दै दर्ता गर्न इन्कार गरियो। स्पष्टीकरण दर्ता गर्न नदिएपछि, कसरी स्पष्टीकरण दिनु ?

राजनीतिक दलसम्बन्धीको ऐनले स्पष्टीकरणको मौका नदिइ कारवाही गर्न दिँदैन। तर राज्यको प्रचलित कानुन विपरीत मलाई निलम्बन गरियो । उपसभापतिलाई निलम्बन गर्ने अधिकार नभएको र त्यस्तो अधिकार सभापतिबाट प्रत्यायोजन हुनपर्नेमा त्यस्तो अधिकार प्रत्यायोजनको पत्र पनि सभापतिबाट प्राप्त भएको छैन । तथापि, राजनीतिक विषयमा यसरी विधि पद्दति धेरै केलाउनको साटो, राजनीतिक कारवाही अनुरूप लिएको छु । विधि पद्दति र लोकतान्त्रिक मूल्य–मान्यता अनुसार मलाई गरिएको निलम्बनको प्रक्रिया मिलेको छैन । स्पष्टीकरणको जवाफ नै नपढी कारवाही गरिनु दुराषयपूर्ण छ, अलोकतान्त्रिक छ।