अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनता समाजवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

जनता समाजवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता


काठमाडौं-अशोक राई नेतृत्वको जनता समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको समर्थन फिर्ता लिने शुक्रबार जनता समाजवादी पार्टीले निर्णय गरेको हो।

प्रधानमन्त्रीलाई सम्बोधन गरेर अध्यक्ष अशोक राईले समर्थन फिर्ताको निर्णय भइसकेको जानकारी दिनुभयो।

जनता समाजवादी पार्टीले संघीय संसद सचिवालयलाई सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी समेत दिइसकेको छ। अध्यक्ष राईले अबदेखि आफूहरू प्रतिपक्षमा बस्ने जानकारी गराउनुभयो।

जनता समाजवादी पार्टीबाट संघीय सरकारमा वन नवलकिशोर साह सुडी, स्वास्थ्य मन्त्री प्रदीप यादव र स्वास्थ्य राज्यमन्त्री हसिना खान हुनुहुन्छ।

गत बुधबार नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। एमालेका ८ जना मन्त्रीहरूले राजीनामा दिइसक्नु भइसकेको छ।