अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसको निर्णय धारा ७६ (२) अनुसार ओलीको नेतृत्वमा सरकार

कांग्रेसको निर्णय धारा ७६ (२) अनुसार ओलीको नेतृत्वमा सरकार


काठमाडौं – नेपाली कांग्रेस संसदीय दलले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने सहमति कार्यान्वयन गर्ने थप प्रतिवद्धता व्यक्त गरेको छ ।

कार्यसम्पादन समितिले नेकपा एमालेसँग भएको सातबुँदे सहमति अनुमोदन गरिसकेकाले संसदीय दलको निर्णय औपचारिकता मात्र थियो । तर कांग्रेसले नयाँ सरकार संविधानको धारा ७६ (२ )अनुसार बनाउने आफ्नो अडान स्पष्ट पार्दै माओवादी र एमाले मात्र होइन, राष्ट्रपति कार्यालय शीतल निवासलाई पनि सन्देश दिएको छ ।
प्रधानमन्त्री प्रचण्डले २८ गते संसदमा विश्वासको मत लिँदा विपक्षमा मतदान गर्ने निर्णय गरेको कांग्रेसले त्यसको कारणबारे निर्णयमा लेखेको छ, ‘नेपाली कांग्रेस र नेकपा एमालेबीच नेपालको संविधानको धारा ७६ (२) बमोजिम माननीय केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्न सहमति भइसकेको हुँदा ।

कांग्रेसका एक पदाधिकारीका अनुसार संसदीय दलको निर्णयमा सोचीविचारी संविधानको धारा ७६ (२) अनुसार ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने उल्लेख गरिएको हो ।