अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एमाले सचिवालय बैठक आज १ बजे,यी तीन एजेण्डामा हुँदैछ छलफल

नेकपा एमाले सचिवालय बैठक आज १ बजे,यी तीन एजेण्डामा हुँदैछ छलफल


काठमाडौं- विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।
दिउसो १ पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा तीनवटा एजेण्डामा छलफल हुने नेताहरुले बताएका छन् । सचिवालयका एक सदस्यका अनुसार नेपाली काँग्रेससँगको सत्ता सहकार्यको आवश्यकता र औचित्यका बारेमा अध्यक्ष केपी शर्मा ओलीले नेताहरुलाई औपचारिक रुपमा जानकारी गराउनुहुनेछ । यसैगरी भावी सरकारमा पठाउने मन्त्री छनौटको आधारका बारेमा समेत सचिवालयमा छलफल हुनेछ । छोटो अवधीमा भए पनि प्रचण्ड सरकारमा गएका मन्त्रीहरुको कार्यशैलीका बारेमा पनि बैठकमा छलफल हुने ति नेताले जानकारी दिए ।
आजको बैठकले नेताहरुको जिम्मेवारी व्यापक रुपमा फेरबदल गर्ने तयारी गरे पनि सरकारमा मन्त्री पठाएपछि मात्र त्यसलाई अघि बढाउने तयारी छ । आज भूगोलको जिम्म्ेवारी दिएर एकसाता पछि मन्त्रालयको जिम्मेवारी दिनुपर्यो भने समय व्यवस्थापनको समस्या हुन्छ सचिवालयका एक सदस्यले भने त्यसैले जिम्म्ेवारी हेरफेरको सुची बने पनि त्यसलाई सचिवालयको अर्को बैठकमा प्रष्तुत गरिनेछ । नेताहरुलाई जिम्मेवारी दिने क्रममा भूगोललाई प्राथमिकता दिइएको छ । निर्वाचन लड्न इच्छुक र सभवना भएका नेतालाई निर्वाचन क्षेत्र,जिल्ला तथा प्रदेशको जिम्मेवारीमा पठाइन लागेको छ ।