अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

दुर्गा प्रसाईंलाई म्याद थपका लागि अदालत लगियो

दुर्गा प्रसाईंलाई म्याद थपका लागि अदालत लगियो


काठमाडौं-साइबर अपराध गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थपका लागि अदालत लगिएको छ।

प्रहरीको साइबर ब्युरोले प्रसाई‌लाई पक्राउ गरेलगत्तै हिरासतमा राखेर अनुसन्धान गर्ने प्रयोजनका लागि काठमाडौं जिल्ला अदालत पुर्‍याएको हो। त्यसअघि प्रसाईंलाई साइबर ब्युरोबाट अस्पताल लगिएको थियो। अस्पतालबाट प्रसाईंलाई जिल्ला अदालत ल्याइएको हो। 

प्रसाईंलाई अदालत ल्याउँदा उनका समर्थकले नाराबाजी गरेका थिए। नाराबाजी गर्ने ५ जनालाई प्रहरीले पक्राउ परेका छन्।

भोटाहिटीस्थित साइबर ब्युरोबाट २ जना र काठमाडौं जिल्ला अदालत परिसरबाहिरबाट ३ जनालाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो।

अदालतमा बहसपछि न्यायधीशले म्याद दिने/नदिने आदेश गर्नेछन्। प्रहरीले प्रसाईलाई २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने छ।