अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने जनमत पार्टीको निर्णय

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने जनमत पार्टीको निर्णय


काठमाडौँ-जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने भएको छ। पार्टीको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको सो पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिनुभयो। प्रधानमन्त्री दाहालले भोलि प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यसूची छ। जनमत पार्टीको प्रतिनिधिसभामा छ सांसद हुनुहुन्छ।

जनमतले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेबीच भएको समझदारीअनुरुप नयाँ गठन हुने सरकारलाई समर्थन गर्ने समेत निर्णय पनि गरेको छ। ‘प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई हामी (पार्टी) विश्वासको मत दिदैनौँ, अब बन्ने नयाँ गठबन्धनलाई समर्थन गरेर जाने निर्णय भएको छ’, प्रवक्ता यादवले भन्नुभयो।

उहाँले कांग्रेस र एमालेबीचको नयाँ गठबन्धनले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वको सरकारलाई स्वीकार गरेकाले नयाँ बन्ने सङ्घीय सरकारको नेतृत्वलाई स्वीकार्ने निर्णय भएको बताउनुभयो।