अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं उपत्यकामा आजदेखि पोलियो विरुद्धको विशेष खोप अभियान

काठमाडौं उपत्यकामा आजदेखि पोलियो विरुद्धको विशेष खोप अभियान


काठमाडौं – सरकारले काठमाडौं उपत्यकामा आजदेखि पोलियोविरुद्धको विशेष खोप अभियान सञ्चालन गर्ने भएको छ । काठमाडौंमा ढल मिसिएको पानीमा भ्याक्सिन डिराइभ्ड भाइरस देखिएपछि सरकारले काठमाडौं उपत्यकामा आजदेखि खोप अभियान सञ्चालन गर्न लागेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको खोप शाखाले आज साउन ९ देखि १२ गतेसम्म उपत्यकामा खोप दिन लागेको हो ।

जन्मिएदेखि पाँच वर्षसम्मका बालबालिकालाई घर–घरमै पुगेर खोप दिइने मन्त्रालयले जनाएको छ ।

सरकारले अहिले नियमित खोपमार्फत मुखबाट पोलियो थोपा खुवाउँदै आएको छ । नियमित खोप लिएकाले पनि अभियानका बेला अनिवार्य खोप लिनुपर्ने शाखाले जनाएको छ ।

सरकारले सन् २०२६ सम्ममा नेपालबाट पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ ।

काठमाडौंमा ढल मिसिएको पानीमा पोलियोको परिवर्तित भाइरस ,भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस टाइप ३ देखिएपछि खोप दिन लागेको हो । टुकुचा र वाग्मती मिसिएको खोलाको पानी परीक्षण गर्दा उक्त भाइरस देखिएको हो ।

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको खोप शाखाका अनुसार २६ मे २०२४ मा संकलन गरिएको नमुनामा भाइरस रहेको पुष्टि भएको थियो ।