अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

रामेछापमा पहिरोले पुरिएर एकै घरका तीन किशोरीको मृत्यु

रामेछापमा पहिरोले पुरिएर एकै घरका तीन किशोरीको मृत्यु


रामेछाप-रामेछापको गोकुलगंगामा पहिरोमा पुरिएर एकै घरका तीनजना किशोरीको मृत्यु भएको छ। गोकुलगंगा गाउँपालिका–६ फर्पुमा गएराति पहिरोमा पुरिएर तीन किशोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
स्थानीय बिमा तामाङको घर पहिरोले पुरिँदा उहाँकी १८ वर्षकी छोरी सता, नातिनीहरु १४ वर्षीया आसिका १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी प्रदीपकुमार सिंहले जानकारी दिनुभयो।