अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय युवा सङ्घको दोस्रो पूर्ण बैठकमा जे देखियो (फोटोफिचर)

राष्ट्रिय युवा सङ्घको दोस्रो पूर्ण बैठकमा जे देखियो (फोटोफिचर)

प्रधानमन्त्री ओलीबाट उद्घाटन


काठमाडौं-नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रिय कमिटीको दोस्रो पूर्ण बैठक सुरु भएको छ। केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक पुल्चोक, ललितपुरमा सुरु भएको हो। 

प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बैठकको उद्घाटन गर्नुभयो। कमिटीको दोस्रो पूर्ण बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युवाहरूले व्यक्तिको नभई सही विचार र नेतृत्वको पक्षपोषणमा लाग्नुपर्नेमा जोड दिनुभएको हो।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यसले सामाजिक न्याय, राष्ट्रिय हित, रक्षा, सुशासन र वैज्ञानिक दृष्टिकोणजस्ता एमालेका नीतिप्रतिको प्रतिबद्ध सङ्गठनका रूपमा उभ्याओस्। वैचारिक हिसाबले स्पष्ट र साङ्गठनिक हिसाबले सुदृढ तथा आवश्यकता परेका बेला देश र पार्टीका पक्षमा जुझारु रुपमा आन्दोलन गर्न सक्ने योजना होस्। विपक्षीहरूले फैलाएका भ्रमपूर्ण प्रचारको खण्डन गरोस्। सही बाटोका पछि लागोस्। व्यक्तिका पछि होइन।’

अध्यक्ष ओलीले सही ढंगले नेतृत्व गर्न सक्ने व्यक्तिप्रति युवाहरु असहिष्णु हुनु हुँदैन भन्दै इनोभेटिभ तरिकाले गर्ने खोजका कामहरु विश्वमा युवाहरुले नै गरेकाले आफ्नो क्षेत्रमा दक्षता हासिल र नयाँ उपलब्धि हासिल गर्न अग्रसर हुन आह्वान गर्नुभयो।