अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

विमान चालक शाक्यको स्वास्थ्यमा सुधार

विमान चालक शाक्यको स्वास्थ्यमा सुधार


काठमाडौँ-काठमाडौँ मेडिकल कलेजमा उपचाररत रहनुभएका सौर्य एयरलाइन्सका विमान चालक मनिषरत्न शाक्यको स्वास्थ्यमा सुधार आएको छ।

कलजेका निर्देशक प्रा डा मीना थापाले चालकको स्वास्थ्यमा सुधार आएको बताउनुभयो। उहाँले ढाडको एउटा हड्डीका साथै देव्रे पट्टीको तीनवटा करङ भाँचिएकाले पूर्णरुपमा आराममा राखिएको बताउनुभयो।

‘ढाडको हड्डी भाँचिएकाले हामीले पूर्णतया आराममा राखेका छौँ’, उहाँले भन्नुभयो, “घर परिवारका बाहेकलाई भेटन दिएका छैनौँ ।’

यही साउन ९ गते काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रममा सौर्य एयरको ९ एन एएमई जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको थियो। उक्त दुर्घटनामा विमान चालक शाक्य गम्भीर घाइते हुनुभएको थियो । उहाँको अनुहार, आँखा, नाक तथा टाउकोमा चोट लागेको बताइएको छ।