अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्जा विस्तारलाई सहज बनाउनेगरी मौद्रिक नीति आयो: चन्द्र ढकाल

कर्जा विस्तारलाई सहज बनाउनेगरी मौद्रिक नीति आयो: चन्द्र ढकाल


काठमाडौं-नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्र बैंकले कर्जा विस्तारलाई सहज बनाउने गरी सकारात्मक मौद्रिक नीति ल्याएको धारणा राख्नु भएको छ।

शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/०८२को मौद्रिक नीति सार्वजनिक गरेपश्चात उनले १२.५ प्रतिशतको निजी क्षेत्रमा कर्जा विस्तार गर्ने लक्ष्य सकारात्मक रहेको बताउनुभयो।

निर्माण व्यवसायीहरूको समस्यालाई मौद्रिक नीतिमार्फत सम्बोधन गरेको भन्दै मौद्रिक नीतिको स्वागत गर्नुभयो। बैंकको असल कर्जा गणना गर्ने प्रक्रिया ६ मनाीसम्म बनाउनु बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिने ऋणहरूको लागि सहजीकरण गर्नु राम्रो पक्ष भएको अध्यक्ष ढकालले बताउनु भयो।

‘१२.५ प्रतिशतको निजी क्षेत्रमा कर्जा विस्तार गर्ने लक्ष्य राखेको देखियो। निर्माण व्यवसायीहरूको समस्यालाई मौद्रिक नीतिमार्फत सम्बोधन गरेको देखियो। बैंकको असल कर्जा गणना गर्ने प्रक्रिया ६ मनाीसम्म भनेको थियो,’ उहाँले भन्नुभयो, ‘त्यसले बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा लिने ऋणहरुको लागि सहजिकरण गरेको देखियो। विदेशी विनिमय सञ्चिति ७ महिनाको आयात धान्नसक्ने लक्ष्य राखेको छ। यसरी हेर्दा  मौद्रिक नीतिले बैंकहरूको कर्जा विस्तार गराउने र माग बढाउन सहयोग पुग्ने देखिन्छ।’

अध्यक्ष ढकालले निजी क्षेत्रले उठाउँदै आएको चालु पुँजीकर्जा मार्ग निर्देशन परिमार्जन गरिने व्यवस्था गर्नु सकारात्मक पक्ष रहेको पनि बताउनु भयो।

उहाँले शेयर बजारमा संस्थागत कर्जाको सीमा खारेजले लगानीको वातावरण बनेको पनि बताउनुभयो।