अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

भूकम्प प्रतिरोधात्मक संरचना निर्माणमा जोड दिऔँ: उपप्रमुख डङ्गोल

भूकम्प प्रतिरोधात्मक संरचना निर्माणमा जोड दिऔँ: उपप्रमुख डङ्गोल


काठमाडौँ-काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले भूकम्प प्रतिरोधात्मक संरचना निर्माणमा जोड दिनुपर्ने बताउनु भएको छ।

आज काठमाडौँमा काठमाडौँ महानगरपालिकाले आयोजना गरेको २७औँ भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उपप्रमुख डङ्गोल निर्माण गरिरहेका संरचनाहरू भूकम्प प्रतिरोधी छन् की छैनन् र पूर्वतयारी कस्तो छ भनेर अहिले मूल्याङ्कन गर्ने समय भएको बताउनु भएको हो।

भूकम्प प्रतिरोधी संरचना नभए आगामी दिनमा ठुलो क्षति व्यहोर्नुपर्ने भन्दै उपप्रमुख डङ्गोलले विशेष ध्यान दिन जरुरी रहेको बताउनु भयो। आफूले गरेका कामहरूको मूल्याङ्कन गरेर भूकम्प प्रतिरोधी संरचना निर्माण गर्नुपर्नेमा उनको जोड छ । 

विसं १९९० माघ २ गतेका दिउँसो २ः२४ बजेको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष आजको दिनलाई भूकम्प सुरक्षा दिवसका रुपमा मनाइँदै आइएको छ ।